बेलायती महारानीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का सहभागी हुने

२९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् ।एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए ।परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लिला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।

चीनलाई फकाउन नेपालका परराष्ट्रमन्त्री बेइजिङ जाँदै

२० साउन, काठमाण्डौ । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले एक चीन नीतिलाई चुनौती दिदै चीनले आफ्नो प्रभुत्व मान्ने ताइवानको भ्रमण गरेपछि यतिबेला चीन इतिहासकै अत्याधिक क्रुद्ध बनेको छ । न्यान्सीको भ्रमणपछि ताइवान र अमेरिकालाई लक्षित गर्दै चीनले लगातार पाँच दिने सैन्य अभ्यास सुरु गरेको छ । अभ्यासकै क्रममा चीनले एक दर्जन ब्यालेस्टिक मिसाइल समेत प्रक्षेपण… Continue reading चीनलाई फकाउन नेपालका परराष्ट्रमन्त्री बेइजिङ जाँदै

अमेरिकी सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता

१३ असार,काठमाण्डौ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.