माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

१५ असार , काठमाण्डौ । पतञ्जलीको जग्गा प्रकरणमा अदालतबाट धरौटी माग गरिएका पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि पार्टी नेतृ रामकुमारी झाक्री आक्रोशित बनेकी छन् । अदालतमा भ्रष्टाचार मुद्दा चलेर ३५ लाख धरौटी माग गरेपछि पनि माधव नेपालले पार्टी अध्यक्ष पद नछाडेको विषयलाई लक्षित गर्दै अब मरेको सिनोलाई धेरै दिनसम्म… Continue reading माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

बुढेसकालमा माधव नेपाललाई अर्काे टेन्सन, श्रीमती भान्सामै घाईते

२५ असोज , काठमाण्डौ । नेकपा एमालेबाट विभाजनपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको डिलमा पुगेको छ। असन्तुष्ट नेताहरूले पार्टीमा विधिपद्धतिको गम्भीर उल्लंघन भएको दाबी गर्दै केन्द्रीय कमिटीको बैठक माग गरेका छन्। असन्तुष्ट नेताहरूले केन्द्रीय कमिटीको माग गरेसँगै शीर्ष नेताहरूसमेत आन्तरिक छलफल गर्दै पार्टीलाई फुटबाट जोगाउन लागि परेका छन्।… Continue reading बुढेसकालमा माधव नेपाललाई अर्काे टेन्सन, श्रीमती भान्सामै घाईते

नेकपा एसमै बिकेन माधव नेपालको बोली

११ भदौ ,काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ । पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको निर्वाचन आयोगका प्रमुख माधव पौडेलले जानकारी दिएका छन् । उनका अनुसार सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो। एसले पहिलो… Continue reading नेकपा एसमै बिकेन माधव नेपालको बोली

एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

१४ माघ,काठमाण्डौ ।  पटक पटक आफू प्रधानमन्त्री भएको,आफ्नो राजनीतिक जीवनको उर्जाशिलसहित अधिक समय विताएको, लामो समय अध्यक्षको रुपमा पार्टीको कमाण्ड सम्हाल्ने अवसर पाएको, पुरानो दल नेकपा एमाले यतिबेला पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई आँखामा बिझाउने भएको छ । एमाले फुटाएर नयाँ दल बनाएदेखि नै माधव नेपालका हरेकजसो भाषण र टिप्पणीहरुमा एमालेको आलोचना हुने… Continue reading एमालेमाथि किन फेरि गर्जिए माधव नेपाल ?

मलेसियाका गृहमन्त्रीलाई भेटेपछि विवादमा परे माधव नेपाल

१४ साउन,काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सकेर शनिबार काठमाडौं फर्किएका छन् । त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।… Continue reading मलेसियाका गृहमन्त्रीलाई भेटेपछि विवादमा परे माधव नेपाल

नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

२७ वैशाख, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताए ।… Continue reading नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

नेकपा ब्युँताउन माधव नेपालले कम्मर कसे

१० चैत, काठमाण्डौ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्वाेच्च अदालतको आदेशपछि पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रमा फर्किएपछि राजनीतिक दलहरु भित्र विभिन्न उतार चढाव देखिएका छन् । नेकपा विभक्त भएपछि पनि पटक पटक कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट पार्टीको एकताको वकालत गरिरहेका छन् । पछिल्लो समय दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीसहितको ७ दलीय गठबन्धनबाट… Continue reading नेकपा ब्युँताउन माधव नेपालले कम्मर कसे

एमालेलाई धक्का लाग्न सुरु भयोः माधव नेपाल

२८ माघ, काठमाण्डौ । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् । पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिएको बताएकी छिन् । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ ।… Continue reading एमालेलाई धक्का लाग्न सुरु भयोः माधव नेपाल

ओलीले वामपन्थी खोजे,माधव ओलीमाथि नै खनिए

४ साउन,काठमाण्डौ । वाम एकताका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यले गरेको प्रयासप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले तिखो टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल,राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेता नारायणकाजी श्रेष्ठ मंगलबार पनि वाम एकताका लागि भन्दै छलफलमा जुटेपछि… Continue reading ओलीले वामपन्थी खोजे,माधव ओलीमाथि नै खनिए

एमालेसँग सहकार्यको ढोका नखुलेको माधव नेपालको भनाई

२५ असार,बुटवल । नेकपा एकीकृत समावादी०का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आफ्नो दलसँग सहकार्यको ढोका खोल्दै नखोलेको बताएका छन् ।समाजवादी प्रेस संगठनले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले आफ्नो पार्टी गठनपछि एमालेले बन्द गरेको सहकार्यको ढोका अझै नखुलेको बताएका हुन् । ‘एमालेले सहकार्यको ढोका खोलेकै छैन,अनि कहांबाट बन्द हुनु ’ पत्रकारले आउँदो चुनावमा एमालेसँग तालमेलको… Continue reading एमालेसँग सहकार्यको ढोका नखुलेको माधव नेपालको भनाई

प्रधानमन्त्रीले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने माधव नेपालको दाबी

५ असार, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट… Continue reading प्रधानमन्त्रीले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने माधव नेपालको दाबी

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सबै जानकारी पाउनुपर्छः माधव नेपाल

३० जेष्ठ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’… Continue reading प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सबै जानकारी पाउनुपर्छः माधव नेपाल