यौन हिंसाका दोषीलाई सजाय कम भएको कांग्रेसकी सांसद डा डिला संग्रौलाको भनाई

२७ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा। डिला संग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाएकी छन् । सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा भयावह ढंगले बढिरहेका… Continue reading यौन हिंसाका दोषीलाई सजाय कम भएको कांग्रेसकी सांसद डा डिला संग्रौलाको भनाई

यौन हिंसा पिडितहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिइने

२४ असार, काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकमा हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो ।समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ… Continue reading यौन हिंसा पिडितहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिइने

यौन हिंसाका मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक दर्ता

१५ जेठ, काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यौन हिंसाका मुद्धामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक दर्ता गरेको हो । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता… Continue reading यौन हिंसाका मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक दर्ता

सामाजिक सञ्जालमार्फत सार्वजनिक यौन हिंसाको घटनाको छानबनि गर्न सभामुखको रुलिङ

६ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन्… Continue reading सामाजिक सञ्जालमार्फत सार्वजनिक यौन हिंसाको घटनाको छानबनि गर्न सभामुखको रुलिङ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.