बलिउड अभिनेता शक्ति कपुरका छोरा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ

३० जेष्ठ, एजेन्सी ।बलिउड अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुर लागुऔषध मुद्दामा बैङ्लोरमा पक्राउ परेका छन् ।

मेडिकल जाँचमा पनि उनले औषधि सेवन गरेको पुष्टि भएको छ ।

मुद्दाअन्तर्गत उनलाई बैङ्लोरको उलासुरु पुलिस स्टेसनमा ल्याइएको छ ।

आइतबार राति एउटा पार्टीमा लागुऔषध सेवन गर्दैगर्दा सिद्धान्त पक्राउ परेका थिए ।

प्रहरीले उक्त पार्टीको गोप्य सूचना पाएपछि सो सूचनाका आधारमा छापामार कारबाही गरेको छ ।

पक्राउ परेका केही व्यक्तिको नमुना जाँचका लागि पठाइएको थियो । तीमध्ये सिद्धान्तसहित ६ जनाको नमुना परीक्षण पनि पोजिटिभ आएको छ ।

यसअघि पनि सिद्धान्तलाई सन् २००८ मा मुम्बईको एउटा पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

शक्ति कपुरका छोरा सिद्धान्त कपुर विगतमा पनि विवादमा फसेका थिए । उनले केही फिल्म र वेब सिरिजमा काम गरेका छन् ।

सिद्धान्तले आफ्नो करियर डिस्को जकीबाट सुरु गरे ।

 

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.