पूर्व सीआईबी नेतृत्वलाई कारबाही हुने,बन्यो नयाँ समिति

११ चैत , काठमाण्डौ  । सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत ४ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई हटाइएको छ । इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर… Continue reading पूर्व सीआईबी नेतृत्वलाई कारबाही हुने,बन्यो नयाँ समिति

सुन तस्करीमा महराको बयान सकियो !

९ चैत , काठमाण्डौ ।  सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले महराको बयान सकिएको कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध… Continue reading सुन तस्करीमा महराको बयान सकियो !

कसको विश्वास गर्नु ? सीआईबी प्रमुखसहित ५ प्रहरीमाथि शंका

२ चैत , काठमाण्डौ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य समेत कारबाहीको सिफारिसमा परेकी छन् । योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र… Continue reading कसको विश्वास गर्नु ? सीआईबी प्रमुखसहित ५ प्रहरीमाथि शंका

सुन तस्करी प्रकरणःमहरा र किरण बज्रचार्यलाई कारबाहीको सिफारिस

२ चैत , काठमाण्डौ । बहुचर्चित सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन… Continue reading सुन तस्करी प्रकरणःमहरा र किरण बज्रचार्यलाई कारबाहीको सिफारिस

६० किलो सुन तस्करीको अनुशन्धान अन्तिम चरणमा/अहिलेसम्म के–के भयो ?

२५ भदौ, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट भएको ६० किलो सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ। सरकारी वकिलले… Continue reading ६० किलो सुन तस्करीको अनुशन्धान अन्तिम चरणमा/अहिलेसम्म के–के भयो ?

६० किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ,१३७  कर्मचारीले मागे सरुवा

१३ भदौ , काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् । हङकङबाट ‘रेडी ट्रेड प्रालि’ को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३… Continue reading ६० किलो सुन तस्करी प्रकरणमा थप एक पक्राउ,१३७  कर्मचारीले मागे सरुवा

सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे

२७ साउन,काठमाण्डौ । सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई छाडिएको छ । उनलाई विमानस्थल अध्यागमन कार्यालयले आज बिहान छाडेको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । ‘खोजेका बेला उपस्थित हुने सर्तमा अध्यागमनले उनलाई बिहान ११ बजे रिहा गरेको हो’, उनले भने। सय किलो सुन प्रकरणमा अनुसन्धानका… Continue reading सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अदुकिया छुटे