अनसनमा बसे पुसेट क्याम्पसका विद्यार्थी (भिडियो सहित)

विराटनगर, माघ १९
इञ्जिनियरिङ शिक्षाका लागि चाहिने न्युनतम आधारभुत पुर्वाधारहरु पनि पूरा नगरी गैरजिम्मेवार तरीकाले कलेजले इञ्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको भन्दै विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी(पुसेट) क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले अनसन सुरु गरेका छन् ।

इञ्जिनियरिङ काउन्सिलमा दर्ता नगराई बिई सिभिल र बिई इलेक्ट्रिकल शैक्षिक कार्यक्रम सञ्चालन गरेर क्याम्पसले विद्यार्थीको भविष्य डामाडोल पारेको भन्दै कलेज प्रशासन तथा शैक्षिक प्रशासनमा तालाबन्दी गरी बीई सिभिल र बीई इलेक्ट्रिकलमा अध्ययनरत विद्यार्थीहरु बिहीबारदेखि रिले अनसनमा बसेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पस नेपाल इञ्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने, पुर्वाधार तयार हुनुपूर्व परीक्षा शुल्कमात्र तिरेर परीक्षा फाराम भर्न पाउनुपर्ने, पठनपाठन नियमित हुनुपर्ने उनीहरुको माग रहेको छ । इञ्जिनियरिङ काउन्सिलको मापदण्ड पूरा नगरेकोले काउन्सिलले पनि विश्वविद्यालयको सिभिल र इलेक्ट्रिकल कार्यक्रमलाई दर्ता नदिएको अनसनरत विद्यार्थी संघर्ष समितिका संयोजक तथा बीई सिभिलमा अध्ययनरत विशाल धामीले बताए ।

Advertisement

विश्वविद्यालयको बेतिथिका लागि पटक पटक राजनितिक संगठन र विद्यार्थीबाट मौखिक तथा लिखित रुपमा पहल भएपनि कुनै ठोस प्रगति नदेखिएको उनको भनाई छ । त्यस्तै विद्यार्थी संघर्ष समितिका सहसंयोजक वकिल भट्टराईले माघ २९ गतेसम्म परीक्षा फाराम भरिसक्ने गरी पहिलो,तेस्रो र चौथो सेमेस्टरको परीक्षा फाराम खुलेको बताउँदै ल्याबको ब्यबस्था नभएसम्म परीक्षा फारामको शुल्क मात्र तिरेर फाराम भर्न पाउनुपर्ने बताए ।

Advertisement

अनसनरत नवीन निरौलाले पटक पटक क्याम्पस प्रशासनलाई दबाब दिँदा पनि आफुहरुको माग सुनुवाई नभएको र बाध्यताले अनसन बस्न बाध्य भएको बताए । क्याम्पसको शैक्षिक कार्यक्रम नै इन्जिनियरिङ काउन्सिलले मान्यता दिएको छैन भने आफुहरुले भविष्यमा के गर्ने भन्ने अन्यौलता रहेको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top