इटहरी गोल्डकपको उपाधिसँगै १६ लाख आर्मीको पोल्टामा

१९ माघ ७५, आइतबार

इटहरी, माघ २०

लिग लिडर मनाङ मस्र्यादी क्लबलाई दुई शून्य गोल अन्तरले पाखा लगाउँदै दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिसँगै त्रिभुवन आर्मी क्लबले नगद १६ लाख हात पारेको छ ।

इटहरी रगंशालामा शनिबार भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी मनाङमाथि हाबी भएको आर्मीले बहुसंख्यक दर्शकहरुको साथ पाएको मनाङलाई स्तब्ध पार्दै उपाधि चुमेको हो । उपाधि विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरे ।

Advertisement

खेलको सर्वाेकृष्ट खेलाडी आर्मीका टंक बस्नेत, वेष्ट टिफेन्र्स मनाङका सुरज विक, सर्वाधिक गोलकर्ता आर्मीका भरत खवास, उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु र उत्कृष्ट फर्वाड आर्मीका भरत खवास घोषित भए ।

यही माघ १२ गतेदेखि इटहरी रंगशालामा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संरक्षकत्वमा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता आयोजना भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top