नोना कोइरालाको स्मृति दिवसमा आधा दर्जन ब्यक्ति सम्मानित

२० माघ ७५, आइतबार
Share this
764shares

विराटनगर, माघ २०
प्रजातान्त्रिक आन्दोलनकी नेतृ नोना कोइरालाको स्मृति दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

Advertisement

नोना कोइराला स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा समाजसेवी बनी नेपाल, स्वतन्त्रता सेनानी तोरेन्द्रमान सिंह प्रधान, पूर्व शिक्षामन्त्री राधाप्रसाद घिमिरे, शिक्षाप्रेमी गोपाल शर्मा, नारायण अर्याललाई सम्मान गरेको हो ।

Advertisement

यस्तै कार्यक्रममा अन्नपूर्णपोष्टका प्रधानसम्पादक हरिबहादुर थापालाई नगद २५ हजारसहित पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक एवं कांग्रेस नेता डा. शेखर कोइराला र अध्यक्ष डा. नारायणकुमारले संयुक्त रुपमा दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तुम्बाहाङले नोना कोइरालाले प्रजातन्त्र स्थापनाका लागि पु¥याएको योगदानको चर्चा गरे । यस्तै कार्यक्रममा प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले राजनीतिमा संस्कार र इमान्दारीता कायम गरेर अगाडि बढ्न सके मात्र नोना कोइरालाप्रति सच्चा सम्मान हुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top