विराटनगर,असार २
अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको मृत्यु भएको छ ।
अरुण तेश्रोको ड्याम साईट नुमको फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा गएराति पौने ९ बजे ढिस्को झरेको थियो ।
ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगरले बताए । ढिस्कोले पुरिएर जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार र कालिकोट सिउना गाउँपालिका४ का प्रदिप शाही र भारत झारखण्डका बुधन मुण्डा र बिहारका नन्द किसोरको मृत्यु भएको हो ।
परियार र शाही कामदार रहेका थिए भने मुण्डा अपरेटर र नन्द किसोर ईलेक्टोनिक मिस्त्री रहेको बताईएको छ । घटना स्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरी नायव उपरिक्षक सारुमगरले बताए।
ढिस्को हटाउन स्काईभेटर र डोजर पनि घटनास्थल लगिसकिएको छ । घटना स्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा रहेको छ ।