अर्काको सम्पतिमा मोनोरेल बनाउँदै दुई महानगर !

२६ माघ ७५, आइतबार

काठमाडौं ,माघ २७

२७ किलोमिटर लामो चक्रपथमा मोनोरेल बनाउन काठमाडौं र ललितपुर महानगरपालिकाले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेका छन् । तर दुई महानगरले जुन सडकमा मोनोरेल बनाउने भनेका हुन त्यो सडकको स्वामित्व भने अर्कैसँग छ ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको स्वामित्वमा रहेको चक्रपथमा मोनोरेल बनाउन दुई महानगरपालिका तम्सिएका छन् । तर सम्बन्धित मन्त्रालयसँग भने कुनै समन्वय नै भएको छैन् । ‘चक्रपथको स्वामित्व भौतिक मन्त्रालयको सडक विभागसँग छ, दुई महानगरपालिकाले मोनोरेल बनाउने भनेका छन् तर हामीसँग कुनै छलफल नै भएको छैन, हाम्रो सडकमा कसरी मोनोरेल बनाउने हुन ?’, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सह सचिवले भने ।

सडक विभागले एक ढंगले सञ्चालन गर्न लागिरहेको सडकमा मोनोरेल निर्माण गर्ने महानगरपालिकाहरुको निर्णय नै गलत भएको उनले बताए । त्यसो त रेल विभाग र लगानी बोर्डले समेत मेट्रो रेल निर्माण गर्न अध्ययन गरिरहेकाले पनि महानगरपालिकाको मोनोरेलको औचित्यमाथी नै प्रश्न उठेको पनि उनले बताए । ‘काठमाडौंका आवश्यकता मेट्रो हो की मोनो हो भनेर पहिले एकिन हुनुपर्छ, त्यसपछि सम्वद्ध सबैसँग समन्वय गरेर काम अघि बढाउनुपर्छ, यहाँ त एउटै सडकमा कसैले मोनो रेल बनाउने भनेका छन कसैले मेट्रो रेल’, ती सह सचिवले भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले भने भौतिक मन्त्रालयसँग आवश्यक समन्वय भैरहेको दावी गरे । ‘यो महानगरपालिकाले मात्रै निमार्ण गर्न सक्ने परियोजना होइन, केन्द्र, प्रदेश र स्थानीय तह मिलेर बनाउने हो, सबैसँग समन्वय हुन्छ’, काठमाडौं महानगरपालिकाका प्रवक्ता डंगोलले भने ।

पूर्वाधर विद आशिष गजुरेलले पनि सडक विभागसँग आवश्यक समन्वय नगरि मोनोरेल निर्माणको प्रक्रिया थाल्नु गलत भएको बताए । ‘चक्रपथको स्वामित्व सडक विभागसँग छ, विभागले त्यसको सञ्चालन कसरी गर्ने भन्ने योजना बनाईरहेको होला, अर्काे निकायले समन्वय नगरि मोनोरेल बनाउछु भनेर कस्तो विकास गर्न खोजेको हो ?’, गजुरेलले प्रश्न गरे ।

दुई महानगरपालिकाले यहि पुस ४ गते चिनियाँ कम्पनी सिआरसीसीलाई २७ किलोमिटर लामो चक्रपथमा मोनोरेलको डीपीआर बनाउन दिने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुई वटा महानगरपालिकाकै मेयरहरुले हस्ताक्षर गरेर अध्ययन अघि बढाएको परियोजनाको वास्तविक स्वामित्व भने अर्कैसँग छ । ६ महिनामा डीपीआर र त्यसको ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसो त चक्रपथमा निर्माण गर्ने भनिएको मोनोरेलको औचित्य माथी नै प्रश्न उठिरहेको छ । ‘मोनोरेल संसारबाटै लोप हुन लागिसकेको छ, संसारले छाडेको प्रबिधी नेपालले निर्माण गरेर कस्तो विकास गर्न खोजेको हो ?’, रेल विभागका पूर्व सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उनले चक्रपथमा मोनोरेलको आवश्यकता नै नरहेको दावी पनि गरे । गोदावरीबाट सातदोबाटो हुँदै रत्नपार्क भएर नारायण गोपाल चोक हुँदै बुढानिलकण्ठ र नागढुंगाबाट कलंकी कोटेश्वर हुँदै बनेपा धुलिखेल मेट्रो रेल आवश्यक रहेकोमा उनले जोड दिए । (विकास न्युजबाट)

भर्खरको समाचार

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

सम्बन्धित समाचार

Scroll to Top