आज त्रिभुवन आर्मीले श्रीलंका पुलिसको सामना गर्दै

176SHARES

२५ चैत, काठमाडौँ । एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।

एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउनका लागि यो पहिलो खुड्किलो समेत हो । यससहित तीन खेल जित्ने टिमले समूह डी मा स्थान बनाउनेछ ।

घरेलु टोली आर्मीले लगातार प्रशिक्षण गरिरहेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले आफूहरुको तयारी राम्रो रहेको र खेलका लागि तयार रहेको बताएका छन् ।

गत सिजनको ए डिभिजन लिगमा दोस्रो भएपनि एएफसी क्लब लाइनसेन्स पाउने पहिलो क्लब बनेको आर्मीले यस प्रतियोगितामा अवसर पाएको हो ।

श्रीलंका पुलिसमा राष्ट्रिय खेलाडी नभए पनि तीन विदेशी खेलाडी छन् । तीनैजना घानाका हुन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण