एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

१३ जेठ ७८, शुक्रबार

१४ जेठ, काठमाडौं ।

नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार अस्ति बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।

आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय भएको एमालेको खनाल–नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।

गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई अस्ति बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै यसअघि एमालेले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top