एशियाली खेलकुद : तेक्वान्दोको दुबै खेलमा नेपाल पराजित

काठमाडौं, भदौ ३
१८ औं एशियाली खेलकुद अन्तर्गत आज भएको तेक्वान्दोको दुबै खेलमा नेपाल पराजित भएको छ । राउन्ड अफ सिक्सिटिनमा खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ पराजित भएका छन् ।

पुरुष एकलतर्फ श्रेष्ठलाई चाइनीज ताइपेइका चेन चिङले पराजित गरेका हुन् । यस्तै महिलातर्फ पार्वती गुरुङ चाइनिच ताइपेइका लिओआ वेन्सआनसँग पराजित भइन् । नेपालले तेकान्दोमा पदकको आशा गरेको थियो । आजै नेपालले उसुमा पनि प्रतिस्पर्धा गर्दैछ ।

पुरुष छान छ्वाङमा विजय सिंजालीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष सान्डा ६० केजीको अन्तिम १६ मा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियान अब्दुल ह्यारिससँग खेल्नेछन् ।

Advertisement

पुरुषकै सान्डा ७० केजी अन्तिम १६ मा नेपालका चित्रसिंह ठकुरीले दक्षिण कोरियाका ह्याम ग्वान्सिकसँग प्रतिस्पर्धा गर्नेछन् । महिला सान्डा ५२ केजी अन्तिम १६ मा जुनी राईले भियतनामकी एनजुएन थोएसँग खेल्नेछिन् ।

उसुकै महिला नान छ्वान र नान्दाओमा नेपालकी निमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने छिन् । ब्याडमिन्टनतर्फ नेपालले पुरुष र महिला दुवैको टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । सोझै अन्तिम १६ खेल्ने मौका पाउँदा नेपाली पुरुष टोलीले पाकिस्तान तथा महिला टालीले माल्दिभ्सँग प्रतिस्पर्धा गर्नेछन् । फेन्सिङको महिला एकल साब्रेमा नेपालकी कमला श्रेष्ठले आजै तीन खेल खेल्नेछिन् ।

Advertisement

समूह ‘सी’ अन्तर्गतको खेलमा श्रेष्ठले हङकङकी आउ सिन यिङ, मंगोलियाकी युनदेनदोर्ज अरुनजाया र जापानकी तामुरा नोरिकासँग प्रतिस्पर्धा गर्नेछिन् । यसैगरी महिला एकल साब्रोमै रविना थापाले दक्षिण कोरियाकी युआन जिसु, क्याम्बोडियाकी छाए लिन्ली र इरानकी राफिई देखे फैजेहसँग खेल्नेछिन् ।

फुटबलतर्फ समूह डीको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ । त्यस्तै कबड्डीको पुरुषतर्फ आयोजक इन्डोनेसियाको सामना गर्नेछ भने सुटिङको १० मिटर एयर राइफल मिक्स टिममा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top