विराटनगर, भदौ ३
मुस्लिम समुदायको पर्व बकरइदमा प्रदेश १ मा सार्वजनिक विदा दिन माग गर्दै नेपाल मुस्लिम इत्तेहाद संगठनले ज्ञापनपत्र बुझाएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन मोरङले आइतबार प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईलाई आगामी भदौ ६ गते मुस्लिम समुदायको पर्व इदुल अज्हा(बकरइद) मा सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
संगठनका केन्द्रिय सदस्य इमाम हैदर, जिल्ला इन्चार्ज मो. शैयद आलम र जिल्ला संयोजक मो. आजिमको संयुक्त टोलिले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । संगठनले सो दिन विदा नदिए शसक्त आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ । साथै संघिय सरकार, प्रदेश सरकार र नेपाल कम्यूनिष्ट पार्टीले मुस्लिम समुदाय प्रति राख्दै आएको सकारात्मक सोच प्रति आभार प्रकटसमेत गरेको छ ।