एजेन्सी, भदौ ३
साविक विजेता युभेन्टस्ले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनको पहिलो खेलमा निकै संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टस्ले ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।
युभेन्ट्सलाई जिताउन सामी खेडिरा र फेड्रिको बर्नार्डडेस्चीले समान १÷१ गोल गरे । युभेन्ट्सले एक गोल आत्मघाती उपहार पाएको थियो । भेरोनाका माटिया बानीले एक आत्मघाती गोल गरेका थिए ।
खेलमा भेरोनाका मारिउस स्टेपिन्सकी र इमानुएल जियाचेरेनीले गोल फर्काए । पोर्चुगल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यसै खेलबाट युभेन्ट्स र सिरी ए फुटबलमा डेब्यु गरेपनि गोल टिमका लागि गोल प्रहार गर्न सकेनन् । युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई १०० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो ।