१८ चैत, ओखलढुङगा । ओखलढुङगा खिजिदेम्बा–६ भित्ते स्थितमा बस्ने ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।
मंगलबार बेलुका ७.३० बजे आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।