ओलीको आग्रहमा स्वराजको नेपाल भ्रमण

१६ माघ ७४, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भमण तय भएको खबर आजको घटना र विचार साप्ताहिकले प्रकाशित गरेको छ ।

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी कुराकानी गर्ने क्रममा मोदीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा नयाँ दिल्लीमा स्वागत गर्न आतुर रहेको बताएको र प्रतिक्रिया व्यक्त गर्दै ओलीले पनि मोदीलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

समाचारमा लेखिएको छ, त्यसक्रममा ओलीले मुक्तिनाथलगायतका धार्मिक स्थलहरुको भ्रमण गराइने पनि बताएका थिए ।

कुराकानीकै क्रममा ओलीले उच्च भ्रमणको आदानप्रदान हुनुअघि राजनीतिक तहमा केही कुराकानी हुन आवश्यक रहेको बताउँदै त्यस निम्ति जिम्मेवार व्यक्तिको भ्रमण उपयुक्त हुने धारणा मोदीसमक्ष प्रकट गरेका थिए ।

ओलीको आशय स्पष्ट भएपछि मोदीको इच्छाअनुरुप माघ १८ गतेका लागि सुष्मा स्वराजको नेपाल भ्रमण तय भएको बुझिएको छ ।

भारत र नेकपा एमालेको नेतृत्वबीच उत्पन्न शंका र अविश्वासको स्थिति अन्त्य गर्न स्वराजको भ्रमणले योगदान पुर्याउने विश्वास गरिएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top