विराटनगर, माघ १६
पूर्वाञ्चल विश्वविद्यालयमा हालै भएको तालावन्दीमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतश्न्त्र विद्यार्थी युनियन ( अनेरास्ववियू ) को कुनै संलग्नता नरहेको उक्त संगठनले जनाएको छ ।
अनेरास्ववियूले एक विज्ञप्ती प्रकासित गरि तालाबन्दीमा आफ्नो संगठनको कुनै संलग्नता नरहेको जनाएको हो । अनेरास्ववियूको केन्द्रीय सदस्य विष्णु यादव, राष्ट्रिय प्रतिनिधी मुकेश यादव र पूर्वाञ्चल विश्वविद्यालय आयोजक कमिटी सदस्य विकस महतोद्धारा हस्ताक्षरीत विज्ञप्तीमा विश्वविद्यालय भएको तालाबन्दीमा संलग्नता नरहेको उल्लेख गरिएको छ ।