×

NEPAL TIMES UPDATES

Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026

चिया बगानमा मजदूर अभाव

१६ माघ २०७४

इलाम, माघ १६
बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ ।

चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ ।

Advertisement
Advertisement

मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गरेर गुजारा चल्न छाडेपछि ३२ वर्षदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इलाम नगरपालिका–७ की सरस्वती चौलागाईंले काम छाडेकी छन् ।

“रातदिन चिया बगानमा खट्नुपर्छ, चियामा काम गरेको पैसाले पुग्दैन, बिहान बेलुका हातमुख जोर्न मुस्किल परेपछि काम छाडेकी हुँ”, उहाँ भन्नुहुन्छ ।

इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदूरले पारिश्रमिक कम भएको बताएका छन् । उनीहरुले धमाधम काम गर्न छाडेका छन् । दैनिक आठ घण्टा काम गरेबापत रु २५४ चिया मजदूरको पारिश्रमिक तोकिएको छ । यहाँका चिया बगानमा कार्यरत मजदूरले त्यति पनि पारिश्रमिक नपाएको गुनासो गर्दै आएका छन् ।

मजदूर अभावका कारण सात दिनमा अनिवार्य हरियोपत्ती टिप्नुपर्नेमा चिया बगान पक्षले १५ दिनमा मात्र पत्ती टिप्ने गरेको छ । पत्ती छिप्पिने गरेको छ । युवाहरु उच्च शिक्षा अध्ययन, अवसर र रोजगारीका निम्ति गाउँबाट शहर जाने र शहरबाट विदेशतिर पलायन हुने क्रम बढेपछि चिया बगानमा मजदूर अभाव भएको चिया उद्योगी तथा व्यवसायी बताउँछन् ।

मजदूर अभावले समयमै हरियोपत्ती नटिप्दा समस्या बढ्दै गएको सूर्याेदय नगरपालिका–४ हर्कटेका नरेश पौडेलले बताए । चिया मजदूरले पारिश्रमिक बढाइदिन चिया बगान सञ्चालक, उद्योगी र व्यापारीसित पटक पटक माग गरे पनि सुनुवाइ नभएको मजदूर आशिष राई बताउँछन् ।

इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानका मजदूरले राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् । इलामका चारवटा चिया बगानमा कार्यरत मजदूरका लागि स्वास्थ्य, शिक्षा र आवासका लागि सामान्य प्रबन्धसमेत नभएको उनीहरूको गुनासो छ । धेरै काम र कम ज्याला पाउने भएकाले पुरुष मजदूर विदेश पलायन भएपछि अहिले बढीजसो बगानमा महिला मजदूरमात्र भेटिन्छन् ।

जीवनको आधा उमेर चिया बगानमा काम गरे पनि आफूहरूको पक्षमा कुनै ठोस प्रगति हुन नसकेको राईको गुनासो छ । बूढेसकालमा चिया मजदूरका लागि न त निवृत्तिभरण छ, न त उपदानकै व्यवस्था । नेपाल चिया मजदूर श्रमिक संघकी केन्द्रीय उपाध्यक्ष नर्वदा निरौलाले चिया मजदूरको समस्या समाधान गर्न चिया बगान र उद्योग व्यवस्थापन गम्भीर बन्नुपर्नेमा जोड दिए ।

पाँच वर्षअघि इलाम चिया बगानमा १३५ चिया मजदूर कार्यरत रहेकामा हाल २६ जना मात्र कार्यरत छन् । सरकारी स्वामित्वको कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानबाट ४४६ चिया मजदूर विस्थापित भइसकेका छन् ।

सरकारले २०५७ सालमा इलामका चार र झापाका तीनवटा चिया बगान तथा कारखाना त्रिवेणी साङ्घाई ग्रुपलाई ५० वर्षका लागि भाडामा दिएको थियो । सो समयमा ८५८ मजदूर कार्यरत रहेकामा हाल अधिकांशले पारिश्रमिक र अन्य सेवा सुविधाको माग गरे पनि नपाएपछि पलायन भएका छन् ।

चिया व्यवस्थापन पक्षले दैनिक ज्याला, बिदा र सेवा सुविधामा समेत कटौती गरेपछि मजदूरले चियामा काम गरेको पैसाले परिवार पाल्नै धौ धौ परेको जनाउँदै धमाधम काम छाडेका हुन् । अर्थाेडक्स चिया उत्पादन गर्दै आएको कन्याम चिया बगानमा ४७३ स्थायी मजदूर रहेकामा हाल १०५ जना मात्र मजदूर कार्यरत छन् । कन्याम चिया बगानमा ८० जना करारका श्रमिक छन् । सोक्तिम र चिलिमकोट चिया बगानले भने करारमा मात्रै मजदूर राखेका छन् ।

अर्थाेडक्स चिया बगानमा पारिश्रमिक र मजदूरको पक्षमा कुनै सहुलियत नहुँदा चिया मजदूर पलायन बढेको एकदशकदेखि चिया क्षेत्रमा काम गर्दै आउनुभएका तीनजुरे चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक सोम शर्मा बताउँछन् । उनी भन्छन् “चियामा काम गर्ने मजदूरको भविष्य उज्ज्वल हुने किसिमका योजना नल्याए निजीकरण गरिएका यी चिया बगान झाडीमा परिणत हुने स्थिति छ ।’

Advertisement
Advertisement

जिल्लामा सात हजार ९६५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । चिया प्रशोधनका लागि यहाँ साना ठूला गरी १०० भन्दा बढी उद्योग सञ्चालनमा छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top