कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक मंसिर ८ भित्र पठाउन निर्देशन

२५ कात्तिक ७७, बुधबार

२६ कार्तिक, काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन विद्यालयलाई निर्देशन दिएको छ ।

सानोठिमी भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरणसम्बन्धी कार्यविधि २०७७’ जारी भइसकेको छ ।

सो कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको हो ।

परीक्षा सञ्चालन तथा प्रमाणीकरण समितिले तयार पारेको मूल्यांकन हार्डकपी र सो को सफ्टकपीसहित बुझाउन निर्देशन दिइएको छ । बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरूबाट आन्तरिक मूल्याङ्कनको अंक प्राप्त गरी तोकिएको ढाँचामा परीक्षा नियन्त्रण कार्यालयमा पठाउन बोर्डले भनेको छ ।

कक्षा १२ को लिखित परीक्षा भने मंसिर ९ गतेदेखि सुरु हुँदै छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top