खुकुरी देखाएर आईएमई लुटपाट गर्ने चारजना पक्राउ

१८ चैत ७७, बिहीबार

१९ चैत्र, काठमाडौं ।
न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर  रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटपाट गर्ने चारजना पक्राउ छन् ।

बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् ।

आरोपीलाई लुटपाट गरेको केही घण्टामै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर उनीहरुले लुटेका हुन् । प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ ।

एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वको समूहले सो आईएमई लुटेका हुन् । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई बताएका छन् ।

‘आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन्’ एसएसपी सिंहले भने–‘हामी थप अनुसन्धान गर्दै छौं ।’

लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेको अनुसन्धानबाट थाहा भएको छ । आईएमई लुट्नेहरू लागु औषध प्रयोगकर्ता हुन् ।

लुटेको रकमबाट ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top