गलगाड निवारणका लागि एक महिनासम्म आयोडिन महिना मनाइने

१७ माघ ७४, बिहीबार

काठमाडौँ, माघ १८
आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ ।

सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ ।

लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पाेरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएपछि सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा शून्य दशमलव चारमा झरेको थियो ।

Advertisement

अर्काेतर्फ सन् २०१६ को पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नूनको उपभोग गरेको देखिएको थियो । सरकारले सन् २०१८ को अन्त्यसम्ममा आयोडिनयुक्त नूनको उपभोग गर्ने घर संख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य देश पनि हो ।

कर्पाेरेशनले हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा र मुगुको नूनको मौज्दात रहेको र ती जिल्लामा नूनको अभाव नभएको जनाएको छ । यसैबीच कर्पाेरेशनले आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न आह्वानसमेत गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top