गाजा क्षेत्रमा थप १० जना प्यालेस्टाइनीको मृत्यु

३१ बैशाख ७८, शनिबार

१ जेष्ठ, एजेन्सी ।
इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा जारी संघर्षमा परी थप १० जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्।

गाजाको वेस्ट बैंक क्षेत्रमा भएको उक्त घटनामा परी सयौं घाइते भएको बताइएको छ। इजरायली सेनाले टियर ग्यास, रबरका गोली र आगोका लप्काहरु उक्त क्षेत्रमा प्रहार गरिरहेका छन् भन् प्यालेस्टाइन पक्षले पेट्रोल बम प्रतिकारमा फालिरहेका छन्।

गत सोमवारबाट शुरु भएको दुई देशबीचको अस्त्रयुद्धमा परी हालसम्म गाजा क्षेत्रमा १२६ जनाको मृत्यु भइसकेको छ भने ८ जना इजरायलीको मृत्यु भएको बताइएको छ।

पछिल्लो समय दिनयता हमास र इजरायलले एकअर्कालाई लक्षित गर्दै आक्रमण गर्दै आइरहेका छन्। अझै रातको समयमा दुवै तर्फबाट रकेट आक्रमण हुने क्रम बढ्दो छ। युद्धभूमि झै बनेको गाजा क्षेत्रमा मानिसहरु निदाउन सकेका छैनन्।

राति रकेट आउला र घरमा लाग्ला भनेर बाहिरै बस्न उनीहरु बाध्य छन्। दिउँसोको समयमा पनि उनीहरुलाई राहतको श्वास फेर्ने छुट छैन। रकेट जुनसुकै बेला आउन सक्ने भएकाले सबै जनासँग चनाखो भएर बस्न बाहेक अर्को विकल्प छैन।

रकेट आक्रमणका कारण घरहरु ढलेका भिडियोहरु सार्वजनिक भइरहेका छन्। कतिले यस क्षेत्रबाट सामाजिक सञ्जाल युट्युब, फेसबुकलगायतबाट निरन्तर लाइभ गरिरहेका छन्।

इजरायली आक्रमणमा परेर हमासका वरिष्ठ नेताको समेत मृत्यु भएको छ। जसकारण उक्त क्षेत्रमा तनाव थप बढ्ने अनुमान गरिएको छ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top