चिसिएको मौसममा मोडलले तताए विराट एक्स्पो

विराटनगर, पुुस १०
प्रदेश १ कै सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा ८ करोडभन्दा बढीको कारोबार भएको छ । ब्यापारिक कारोवारसँगै मेलामा सांगितिक, सांस्कृतिक लगायत मनोरञ्जनात्मक कार्यक्रममा पनि दर्शकको उल्लेख्नीय सहभागिता देखिएको छ ।

 

हरेक दिन साझ मेलामा मनोरञ्जनात्मक कार्यक्रम हुदै आएको छ । मेलामा तीन दिन फेसन शोको कार्यक्रम निर्धारण गरिएकोमा पहिलो दिनको फेशन शो हेर्न सामेबार सयौ दर्शकहरु मेला आयोजनास्थल पुगेका थिए । मञ्जिना मुभिज क्रियशनले ब्यवस्थापनको जिम्मा लिएको फेशन शोमा प्रदेश १ का विभिन्न जिल्लाका २२ जना मोडलहरुले आआफनो प्रस्तुति दिएका थिए । पुसमा साझ परेपछि झनै चिसिएको मेलाको मौसमलाई उनीहरुले तताएका थिए ।

 

स्टेजमा मोडलहरुको वाक चलिरहदा दर्शकको हुटिङले मेलास्थल थप रगिन बनेको शो हेर्न पुगेका दर्शकहरुले बताएका छन् । मेलामा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुुति दिदै आएका छन् । मंगलबार मेलामा चर्चित गायिका इन्दिरा जोशी गायक गिरिश खतिवडा तथा स्थानीय नृत्यागंना निलम ढुंगानाको बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ । ९ दिने मेलामा साढे २ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

 

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top