४ असार, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।
नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताए । उनले दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताए ।
उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानी लगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको उल्लेख गरे । उनले नेपालको भूमिमा बसेको भारतीय सेना समेत तत्काल फिर्ता गर्नुपर्ने बताए ।
नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौंमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताए । उनले भने ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्भभौंमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन् एक ढिक्का छन् भन्ने सन्देश राष्ट्रिय रुपमा र अन्तर्राष्ट्रिय रुपमा यसले दिएको छ ।
यो निरन्तर कायम रहने छ । हाम्रो राष्ट्रिय एकता निरन्तररुपमा कायम रहने छ । मैले विश्वास लिएको छ्ु ।’ भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभाग समेत फिर्ता दिनुपर्ने शर्माले बताए ।
उनले भरतले नेपालसँग चेलीबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काँकडा समेत फिर्ता दिनुपर्ने बताए ।
उनले भने, ‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईहरुको हो तपाईहरुको मुटु काटेर यता तिर मिसिएको छ असल भित्र त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो कांगडा सम्मको जमिन तपाइहरुले लिनुस भनेर चेलिबेटीको नाताहो डोलिवेटीको नाता हो भनेर नेताहरुले भन्नुहुन्छ ।
यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ । र काँकडा सम्मको भूमि फिर्ता गरिदिनुपर्छ ।’ १८१६ मा भएको सुगौली सन्धिबाट अंग्रेजले नेपालको भूमि लुटेर लगेको स्पस्ट पार्दै नेपाले सम्झौतलाई बाध्य भएर मान्नुपरेको बताए ।
उनले भने,े ‘१८१६ मा भएको सुगौली सन्धिको धारा ५ मा स्पस्ट रुपमा त्यो पनि शर्तमा पाँच नम्बर बुुँदामा अहिले पनि त्यो ५ नम्बर बुँदा ज्युदै छ । त्यो पाँच नम्बर बुँदामा महाकालि पश्चिम नेपाल नआउने भनेको छ । महाकालि नदि साझा नदि हो भनेर हामीले एकपटक २०५२÷५३ मा नारा लगायौं सडकमा ।
महाकाली नदि साझा नदी होइन महाकाली नदी नेपालको हो । त्यो सन्धिको मर्म अहिले पनि हामी सबैले पढन सक्छौं हेर्न सक्छौं । सुगौलि सन्धिको ५ नम्बर बुँदाले महाकाली पश्चिमको भूभागमा नेपाल नआउने मेचि पूर्वको भूभागमा नेपाल नजाने । त्यो बेला हामीले नेपालको एक तिहाई भूभाग गुमाएका छौं ।
१ हजार ८ सय वर्ग किलोमिटर हाम्रो भूभाग अंग्रेज साम्रज्यवादले लुटेर लगेको छ । त्यसकारणले त्यो भूभाग हाम्रो लुटेर लगेको छ ।’