NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

तुलसीपुरका कुमार बिकको खुट्टा छिनाल्ने दुई युवा प्रहरी नियन्त्रणमा

शुक्रबार कार्तिक १४ , २०७७
Reading Time: 1 min read
A A
तुलसीपुरका कुमार बिकको खुट्टा छिनाल्ने दुई युवा प्रहरी नियन्त्रणमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ कात्तिक, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका – ११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो।

कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले उनीहरू दुबै जनाले बिकको खुट्टा आफूहरूले खुर्पाले हानेर छिनालेको स्वीकारेको बताए।

LS Auto

पक्राउ परेका अमृत र पवन ज्वाइँ-जेठान हुन्। दशैंका दिन पवन माइती आएका थिए। दशैं मनाउन भन्दै ज्वाइँ-जेठानसहित गाउँका ७‍-८ जनाले रक्सी खाए।

त्यहीबेला तुलसीपुर-१० गौलौरीमा चौधरीहरूले झगडा गरे। हानाहान र कुटाकुट भयो। गौलौरीका दुर्गा चौधरी र विजय चौधरीलगायत दुबै पक्षका मानिस घाइते भए। त्यसपछि दुर्गाका कान्छा छोरा सञ्जिव चौधरीले पढ्ढाका अमृत चौधरीलाई फोन गरेर गुहार मागे। दुर्गा र अमृत मामा-भाञ्जा हुन्।

अढ्ढामा सँगै रक्सी खाइरहेका अरू घरघर गए। मदिराले मातेका अमृत र पवन घरबाट खुर्पा लिएर निस्किए। गौलौरी गाउँतिर लागे।

बाटोमा कुमार बिक भेटिए। उनी तुलसीपुर-१२ टरिगाउँस्थित भान्जाको घरबाट बिहेभोज खाएर आउँदै थिए।

अमृत र पवनले बिकलाई सोधपुछ गरे। बिकले भान्जाको बिहे खाएर आएको भने।

भोजमा गएका बिकले पनि रक्सी खाएका थिए। उनीहरूले फेरि झगडा गरेर आइस् भनेर सोधे। बिकले पनि सामान्य झगडा भएको र त्यस्तो केही नभएको तथा आफू घर जान लागेको जवाफ दिए। खासमा बिक पनि भान्जाको घरबाट भनाभन गरी घर जान्छु भनेर हिँडेका थिए।

त्यो कुरापछि चौधरीद्वयले बिक पनि झगडामा सामेल भएको ठहर गरे। अनाहकमा उनीमाथि निर्मम तरिकाले आक्रमण भयो।

आक्रमणपछि बिकको बाँया खुट्टाको गोलीगाँठा भन्दा माथिबाट च्याट्टै छिनालिदिए। दुबै हात र ढाडमा समेत गहिरो घाउ लाग्ने गरी आक्रमण गरे।

सूचना पाएलगत्तै प्रहरी गएर उद्धार गरी बिकलाई अस्पताल पु¥यायो। प्रहरीले छिनालिएको बिकको खुट्टा बाल्टिनमा राखेर लगेको थियो। अत्याधिक रक्तस्राव भइसकेको हुँदा रातारात प्रहरीकै सक्रियतामा रगतको जोहो भयो। रगत दिँदै बिकलाई बाँके पु¥याइयो। अहिल‍े उनको लखनउमा उपचार भइरहेको छ।

बिकको खुट्टा छिनालेको घटना सार्वजनिक भएपछि प्रहरीलाई तीव्र दबाबमा परेको थियो । प्रहरीले झगडिया दुबै पक्षका मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। डिएसपी सिंहका अनुसार यो बीचमा प्रहरीले ८८ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान ग¥यो। कुनै सुराक मिलेन। बिकले फोनसमेत प्रयोग नगर्ने हुँदा अभियुक्त पत्ता लगाउन समस्या थियो।

प्रहरीले पक्राउ परेका ८८ जनाको कल डिटेल खोज्यो। त्यही बीचमा घाइते बिकले एउटा सुराक दिए – आफूलाई हान्नेहरू चौधरी नै भएको र त्यसमध्येका एक जनाले रातो कपडा लगाएका थिए। प्रहरीले त्यसलाई पनि आधार बनाएर अनुसन्धान अगाडि बढायो। त्यतिले मात्रै नपुगेर प्रहरी घर–घरमै पुगेर अनुसन्धानमा खटियो। कतै न कतै रगत वा कुनै पनि सुराक फेला पर्छ कि भनेर त्यसरी आफूहरूले अनुसन्धान गरेको डिएसपी सिंहले बताए।

दशैंको समय भएकोले चौधरीले पनि कुखुरालगायतको बली दिने हुँदा घर-घरमा रगत थियो। त्यसपछि प्रहरीले घरभित्र पसेर अनुसन्धान गर्ने र लत्ता कपडामा ध्यान दिने निर्णय ग¥यो।

पढ्ढाका अमृत चौधरीको घर अनुसन्धानका क्रममा प्रहरीले लत्ता कपडामा ध्यान दियो। अमृतले लगाउने जुत्तामा रगत देखियो। प्रहरीले त्यही जुत्ताको आधारमा अनुसन्धान अगाडि बढायो।

अमृतबारे सोधिखोजी ग¥यो। अमृत घरमा थिएनन्। अनि रगत लागेको रातो टिर्सट पनि फेला प¥यो। उनका ज्वाइँ कुररियाका २२ वर्षीय पवन चौधरी पनि त्यहाँ थिएनन्। दुबै फरार थिए।

प्रहरीले पढ्ढामै लुकेर बसेका दुबै जनालाई बिहीबार बेलुका नियन्त्रणमा लियो। त्यसपछि बिकको खुट्टा छिनाल्नेहरूको पहिचान भयो।

जुत्तामा लागेको रगतको आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको डिएसपी सिंहले सेतोपाटीलाई बताए।

गौलौरीमा चौधरी समुदायबीच भएको झगडामा सामेल नभएका निर्दोष बिक चौधरीद्वयको आवेश र उत्तेजनाको शिकार भएको प्रहरीले बताएको छ। दुबै पक्षले अत्याधिक मदिरा सेवन गरेको हुँदा पनि घटना भएको प्रहरीको अनुमान छ।

बिकको खुट्टा छिनाल्ने दुबै जनाविरूद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने भएको छ।

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.