आजका प्रमुख खबरहरुः
१.(अस्वभाविक बढोत्तरी)
कोरोेनाबाट हालसम्म नेपालमा ६ सय ४५ जनाको मृत्यु/आज मात्र थपिए ४ हजार ४७ संक्रमित /कुल संक्रमित १ लाख ११ हजार ८ सय २ पुग्दा ७७ हजार २ सय ७७ जना डिस्चार्ज / ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित ।
२.(बुझौं दिन कस्ता आए)
सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने /संक्रमित विरामीलाई आइसियु र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न तथा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन ।
३.(यस्तै हो त ?)
नेपालमा कोरोनाको संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीको भनाई/सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी ।
४.(अधिकारको उपयोग)
संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाए/शाहको ठाउँमा सांसद सीता नेपालीलाई नियुक्त / अविश्वासको प्रस्ताव पेश भएसंगै मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको शाहको भनाई ।
५.(तिल्मिलाए प्रचण्ड)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिन पूर्वमाओवादी पृष्ठभूमिका तीन सांसदहरुलाई प्रचण्डको आग्रह /तत्काल समस्या समाधान नभए परिणाम व्यापक हुने प्रधानमन्त्री ओलीलाई चेतावनी ।
६.(अघि बढ्दै बाबुराम)
बुढीगण्डकी परियोजनाबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा उच्चस्तरीय र निष्पक्ष छानविनको माग /पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएर अलपत्र पारेको आरोप ।
७.(मनन् गर्ने कि ?)
बुढीगण्डकी परियोजनामा गम्भीर भ्रष्टाचारजन्य आरोप लगेकाले अविलम्ब छानबिन अघि बढाउन विवेकशील नेपाली दलको अख्तियारलाई आग्रह /प्रमाणहरू अख्तियारमा बुझाएर अनुसन्धानमा सहयोग गर्न भटट्राईलाई अनुरोध ।
८.(पूरा होला माग)
नियमित आम्दानी नभएका र विपन्न वर्गका लागि चाडपर्व खर्च उपलब्ध गराउन कांग्रेसको श्रमिक विभागको सरकारसँग माग/नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजार र निम्न आय भएकालाई ७ हजार दिन माग ।
९.(सरकारको उपस्थिती)
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने प्रदेश २ सरकारको तयारी /इन्टरनेट जडान गर्न मोबाइल नम्बर संकलन गर्ने काम जारी ।
१०.(लोकसेवाको मेसो)
लोक सेवा आयोगको परीक्षामा संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरू सहभागी हुन नपाउने/वैशाखदेखि रोकिएको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै/ कात्तिक, मसिंरमा शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारको विज्ञापन निकालिने ।
११.(न्यायमा नि बेमेल)
रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझियो / अब सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा हेर्ने ।
१२.(ग्याससँगै रसिद माग्नु)
ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघको आग्रह/बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने ।
१३.(के मात्रै गर्ने अब ?)
कोरोना भाइरस नोट, सिसा र स्टिललगायत नरम सतह हुने बस्तुमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लागेको अस्ट्रेलियाका अनुसन्धादाताहरुको दाबी /सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिन आग्रह ।
१४.(नयाँ नोटको लफडा)
नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम बढने भन्दै नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही नगर्ने/बैंक खाताबाट रकम निकाल्दा भने केही सुकिला र नयाँ नोट पाउन सकिने ।
र,
१५.(विश्वको ऐना)
कोरोना महामारीबाट हालसम्म विश्वभर १० लाख ८२ हजार बढी संक्रमितको मृत्यु/हालसम्म ३ करोड ७८ लाख बढीमा संक्रमण पुष्टि हुँदा २ करोड ८३ लाख ८४ हजार बढी उपचार पछि निको भए ।