×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

२६ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(अस्वभाविक बढोत्तरी)
कोरोेनाबाट हालसम्म नेपालमा ६ सय ४५ जनाको मृत्यु/आज मात्र थपिए ४ हजार ४७ संक्रमित /कुल संक्रमित १ लाख ११ हजार ८ सय २ पुग्दा ७७ हजार २ सय ७७ जना डिस्चार्ज / ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित ।

Advertisement
Advertisement

२.(बुझौं दिन कस्ता आए)
सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने /संक्रमित विरामीलाई आइसियु र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न तथा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन ।

३.(यस्तै हो त ?)
नेपालमा कोरोनाको संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीको भनाई/सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारिक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी ।

४.(अधिकारको उपयोग)
संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाए/शाहको ठाउँमा सांसद सीता नेपालीलाई नियुक्त / अविश्वासको प्रस्ताव पेश भएसंगै मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको शाहको भनाई ।

५.(तिल्मिलाए प्रचण्ड)
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिन पूर्वमाओवादी पृष्ठभूमिका तीन सांसदहरुलाई प्रचण्डको आग्रह /तत्काल समस्या समाधान नभए परिणाम व्यापक हुने प्रधानमन्त्री ओलीलाई चेतावनी ।

६.(अघि बढ्दै बाबुराम)
बुढीगण्डकी परियोजनाबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा उच्चस्तरीय र निष्पक्ष छानविनको माग /पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएर अलपत्र पारेको आरोप ।

७.(मनन् गर्ने कि ?)
बुढीगण्डकी परियोजनामा गम्भीर भ्रष्टाचारजन्य आरोप लगेकाले अविलम्ब छानबिन अघि बढाउन विवेकशील नेपाली दलको अख्तियारलाई आग्रह /प्रमाणहरू अख्तियारमा बुझाएर अनुसन्धानमा सहयोग गर्न भटट्राईलाई अनुरोध ।

८.(पूरा होला माग)
नियमित आम्दानी नभएका र विपन्न वर्गका लागि चाडपर्व खर्च उपलब्ध गराउन कांग्रेसको श्रमिक विभागको सरकारसँग माग/नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजार र निम्न आय भएकालाई ७ हजार दिन माग ।

९.(सरकारको उपस्थिती)
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने प्रदेश २ सरकारको तयारी /इन्टरनेट जडान गर्न मोबाइल नम्बर संकलन गर्ने काम जारी ।

१०.(लोकसेवाको मेसो)
लोक सेवा आयोगको परीक्षामा संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरू सहभागी हुन नपाउने/वैशाखदेखि रोकिएको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै/ कात्तिक, मसिंरमा शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारको विज्ञापन निकालिने ।

११.(न्यायमा नि बेमेल)
रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझियो / अब सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा हेर्ने ।

१२.(ग्याससँगै रसिद माग्नु)
ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघको आग्रह/बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने ।

१३.(के मात्रै गर्ने अब ?)
कोरोना भाइरस नोट, सिसा र स्टिललगायत नरम सतह हुने बस्तुमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लागेको अस्ट्रेलियाका अनुसन्धादाताहरुको दाबी /सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिन आग्रह ।

१४.(नयाँ नोटको लफडा)
नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम बढने भन्दै नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही नगर्ने/बैंक खाताबाट रकम निकाल्दा भने केही सुकिला र नयाँ नोट पाउन सकिने ।

र,

Advertisement

१५.(विश्वको ऐना)
कोरोना महामारीबाट हालसम्म विश्वभर १० लाख ८२ हजार बढी संक्रमितको मृत्यु/हालसम्म ३ करोड ७८ लाख बढीमा संक्रमण पुष्टि हुँदा २ करोड ८३ लाख ८४ हजार बढी उपचार पछि निको भए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top