नोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

२६ असोज ७७, मंगलबार

२६ असोज, बिराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।

Advertisement

अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाईएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराईएको डा.नेपाल बताउँछन् ।

अस्पतालले घुम्ती स्वाब संकलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ । गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top