धान उत्पादन वृद्धि कछुवाकाे गतिमा,नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धान आवश्यकता

१४ असार ७५, शुक्रबार

काठमाडौँ, असार १४

असार महिना ‘मानो रोपेर मुरी फलाउने दिन । भोलि असार १५ गते धान दिवस ।‘धान उत्पादनमा वृद्धि ः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

Advertisement

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२÷५३ लाख मेट्रिक टन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो । नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना रु दुई अर्बको चामल आयात हुन्छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शङ्कर सापकोटाले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउँछन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको छ भने ।

विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् । त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् ।

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

सन् १९६६ मा एशियाका थुप्रै देशमा भोकमरी भयो । द्वन्द्व र लडाइँका कारण सो भोकमरी भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (युएन) ले सन् १९६६ लाई धानबाली वर्षका रुपमा घोषण गरेको थियो । युएनले घोषण गर्नुअघि फिलिपिन्सको राजधानी मनिलामा मुख्य कार्यालय रहने गरी सन् १९६० मा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) स्थापना भइसकेको थियो ।

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् । सरकारले देशलाई धानमा आत्मनिर्भर गर्न इरीसँग हालै सम्झौता पनि गरेको छ ।

कृषि सचिव डा युवकध्वज जिसीले नयाँ नयाँ धानको जातको पहिचान र सिफारिस, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले इरीसँग सो सम्झौता भएको जानकारी दिए ।

इरीले सर्वप्रथम सन् १९६६ मा पहिलोपटक आइआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो । जुन बीउले विश्वभर नै धानको उत्पादकत्व दर वृद्धि गरेको थियो । इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको छ । नेपालमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक देखिएको छैन । २०६४ देखि २०७४ सम्म अर्थात् १० वर्षमा धानको उत्पादन दर र जमीनको उपभोगको तथ्याङ्क हेर्दा उत्पादन दर भने कछुवाको गतिमा देखिएको छ ।

विसं २०६४ मा १४ लाख ३९ हजार ५२५ हेक्टर जमीनमा खेती हुँदा ३६ लाख ८० हजार ८३८ मेट्रिक टन, २०६५ मा १५ लाख ४९ हजार २६२ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार २४६ मेट्रिक टन, २०६६ सालमा १५ लाख ५५ हजार ९४० हेक्टरमा खेती हुँदा ४५ लाख २३ हजार ६९३ मेट्रिक टन, २०६७ मा १४ लाख ८१ हजार २८९ हेक्टरमा खेती गर्दा ४० लाख २३ हजार ८२३ मेट्रिक टन, २०६८ मा १४ लाख ९६ हजार ४७६ हेक्टरमा खेती गर्दा ४४ लाख ६० हजार २७८ मेट्रिक टन, २०६९ मा १५ लाख ३१ हजार ४९३ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

त्यसैगरी, २०७० मा १४ लाख २० हजार ५७० हेक्टरमा खेती गर्दा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, २०७१ मा १४ लाख ८६ हजार ९५१ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन, ०७२ मा १४ लाख २५ हजार ३४६ हेक्टरमा खेती गर्दा ४७ लाख ८८ हजार ६१२ मेट्रिक टन, २०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार ७८ मेट्रिक टन र २०७४ मा १५ लाख ५२ हजार ४९६ हेक्टर जमीनमा धानखेती गर्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top