विराटनगर,असार १४
सुचना लिन अहिले पनि समस्या रहेको आज विराटनगरमा भएको पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले बताएका छन् । सुचना आयुक्त यसोदा तिम्सिनासँग भएको पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
हरेक नागरिकले सुचना पाउने हक भएपनि त्यस्तो हुन नसकिरहेको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै सुचना आयुक्त यसोदा तिम्सिनाले नेपालको संविधानले मौलिक हकको रुपमा सुचनाको हकलाई राखेको हुदा लिखित रुपमा सुचना माग गर्न आग्रह गरिन ।
यदि लिखित रुपमा पनि सुचना माग गर्दा नदिएमा सम्बन्धीत निकायलाई कार्वाही गर्ने उनले बताईन । अहिलेसम्म लिखित रुपमा सुचना माग्ने परिपाटी नबसेको भन्दै आफूलाई आवश्यक र जान्न चाहेको बिषयमा जो सुकै सर्वसाधारण व्यक्तिले पनि सुचना पाउने हक रहेको उनले बताएकी छिन ।