नर्वेमा फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु

४ माघ, काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ ।

समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो ।

मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो ।

कोरोना खोप दिइएका २९ जनाको मृत्यु भएसँगै नर्वेका अधिकारीहरुले खोपबारे चासो व्यक्त गरेका छन् । अहिलेसम्म नर्वेमा ४२ हजार मानिसले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । नर्वेले कोरोनाबाट सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई पहिलो चरणमा कोरोना खोप दिइरहेको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएकाले २९ जनाकै मृत्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको बताएको छ ।

डेलीमेलका अनुसार मृत्यु हुनेमध्ये २३ जनाको मृत्यु खोपको साइड इफेक्टको कारण हुन सक्ने नर्वेको स्वास्थ्य प्रमुखले बताएको उल्लेख गरेको छ ।

नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित नरहेको बताएको छ । यद्यपि अहिले देखिएको नतिजालाई भने नकार्न नसकिने एजेन्सीले बताएको छ । एजेन्सीका अधिकारीहरुले अब गम्भीर समस्या देखिएका मानिसहरुलाई खोप दिँदै व्यक्तिगत अनुमति लिनु अनिवार्य गरिएको बताएका छन् ।

फाइजरको कोरोना खोप परीक्षणको क्रममा पनि ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई समावेश गरिएको थिएन । त्यसैले ज्येष्ठ नागरिकहरुलाई यो खोप दिँदा समस्या उत्पन्न हुन सक्ने केहीको भनाइ छ । नर्वेमा गत जनवरी १ देखि कोरोना खोप कार्यक्रम सुरु भएको हो ।

नर्वेमा कोरोना खोप लगाएका मानिसहरुलाई पखाला, बान्ता र श्वासप्रश्वासमा समस्या, खोकीलगायतका साइडइफेक्ट पनि देखिएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top