विराटनगर,असार ६
विराटनगर महानगरपालिकाले राजनैतिकदलका प्रतिनिधि तथा समाजका अगुवा व्यक्तिहरु संग छलफल गरेको छ ।
मंगलबार भएको छलफलमा महानगरले गरेका गतिविधि र भावी दिनमा गर्नसक्ने कार्यहरुका विषयमा सुझाव लिएको थियो । आगामी असार १० गते महानगरले नगरसभा मार्फत वजेटका लागि नीति तथा कार्यक्रम ल्याउदैछ ।
सोही कार्यका लागि महानगरले विभिन्न संघ,संस्था र सामाजिक व्यक्तित्वहरुवाट छुट्टाछुट्टै सुझाव संकलन गरेको हो । महानगरले गरेको कार्यक्रममा सुझाव दिने अधिकांशले विराटनगरका निर्माणाधिन सडक समयमै सम्पन्न गर्नु पर्ने,खानेपानी ,विद्युत र फोहरमैला व्यवस्थापनमा ध्यानदिनु पर्ने लगायतका कुराहरु राखेका छन् ।
कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले आबश्यक सवै सुझावहरुलाई कार्यान्वयनमा ल्याउने र त्यसका लागि टिपोट गरी दस्तावेज गरिन लागेको जानकारी दिए ।
संघ,संस्था र सामाजिक व्यक्तित्वहरुवाट छुट्टाछुट्टै सुझाव संकलन गरिएपनि विभिन्न वडाका वडाध्यक्षहरुले भने अझैसम्म आफुहरुसँग छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका छन ।