नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी

७ मंसिर ७७, सोमबार

काठमाडाैँ : कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०.७ प्रतिशत हो ।

‘उच्च पोजिटिभिटी दरले हामीले धेरै संक्रमितलाई परीक्षणमा छुटाइरहेको भन्ने देखाउँछ,’ नयाँ दिल्लीस्थित विश्व स्वास्थ संगठन (डब्लुएचओ) को पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा. सुधीर खनालले भने । तर नीतिगत परिवर्तनका लागि यो दर मात्र पर्याप्त नहुने उनको भनाइ छ । ‘त्यसका लागि कुल परीक्षण संख्या, कति छिटो परीक्षण गरिएको छ भन्ने कुरा, समग्र परीक्षण रणनीति, कन्ट्याक्ट ट्रेसिङ र समग्र स्वास्थ्य सेवा क्षेत्रको क्षमताजस्ता विषय महत्त्वपूर्ण हुन्छन्,’ कोभिड–१९ महामारीसँग जुध्न गठित ‘साइन्टिस्ट नेपाल’ नामक इलेक्ट्रोनिक प्लेटफर्मले आयोजना गरेको ‘कोभिड–१९ खोपको विकासका चुनौती तथा अवसर’ विषयक अन्तक्र्रियामा डा. खनालले भने ।

विश्वव्यापी रूपमा कोरोना भाइरस खोपको व्यग्र प्रतीक्षा भइरहेको उनले बताए । ‘तर खोपले भाइरसको निगरानी, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता, सम्पर्कमा आएकाको खोजी, आनीबानीमा परिवर्तन, मास्कको प्रयोग तथा हातको पर्याप्त सेनिटाइजेसनलगायत गैरऔषधिको आवश्यकतालाई प्रतिस्थापन गर्दैन,’ उनले भने । डब्लुएचओको महामारी निगरानीको मानक अर्थात् ‘स्टान्डर्ड कम्प्रिहेन्सिभ सर्भिलेन्स’ अनुसार प्रतिसाता एक हजार जनसंख्यामा एक संक्रमितको परीक्षण हुनुपर्ने उनले बताए । सार्वजनिक जीवन, स्वास्थ्य तथा सामाजिक व्यवस्थामा गरिएको निगरानी (लकडाउन) खुकुलो पार्दा कम्तीमा पछिल्ला दुई साता कुल परीक्षण गरिएको जनसंख्याको ५ प्रतिशतमा मात्र पोजिटिभ भेटिएको हुनुपर्ने डब्लुुएचओको सिफारिस रहेको उनले जानकारी दिए ।,यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top