नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार

११ मंसिर ७७, शुक्रबार

काठमाडौं : यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको हो ।

यस साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको छ । यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब ४४ करोड २२ लाख ८९ हजार पुगेको छ ।

सेयर बजारले हालसम्मकै उच्च कारोबार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेप्से सूचकले झन्डै ४ वर्ष ४ महिनापछि फेरि आफ्नै ‘अल टाइम हाई’ रेकर्ड तोडेको हो । बिहीबार बजार १ हजार ९ सय २६ दशमलव ९२ बिन्दुको नयाँ रेकर्ड बनाएर सामान्य हिसाबले फर्किएको थियो ।

यसअघि नेप्सेले २०७३ साउन १२ गते १ हजार ८ सय ८१ पुगेर त्यसअघि लगातार घट्दै १ हजार ९९ बिन्दुसम्म आएको थियो । त्यसपछि विभिन्न समयमा उतारचढाव हुँदै गए पनि कोरोना भाइरसको रोकथामका लागि गरिएको लकडाउन खुला भएपछि बजार निरन्तर बढ्न सुरु गरेको हो । त्यसपछि बजार निरन्तर बुलिस प्रवृत्तिमा रहँदै आएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेकी छिन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top