३० कात्तिक, काठमाडौं । नेवार समुदायले आज (आइतबार) म्हः पूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो र महत्त्वपूर्ण भन्ने मान्यता अनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो ।
गएका वर्ष जस्तै म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले भने भोलि (सोमबार) मनाउँदै छन् ।
म्हः पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार एक सय ४१ वर्ष अघिदेखि सुरु भएको नेपाल संवतसँग जोड्नु नहुने धर्मशास्त्रका जानकार कीर्तिमदन जोशीले बताएका छन् ।
धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाड पर्वमा हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।