१७ असार, काठमाडौं । नेत्रविक्रम चन्द’ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
भक्तपुर प्रहरी परिसरका प्रवक्ता दीपक गिरीले पार्टीका जिल्ला सेक्रेटरी ऐन बहादुर शाहीलाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिएका हुन् ।
कालीकोटस्थायी ठेगाना भएका शाहीमाथि पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा वम विस्फोट गराएको आरोप छ ।
विस्फोटपछि उनी फरार रहँदै आएका थिए । प्रहरीले उनलाई ठिमीबाट पक्राउ गरेको हो ।