×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

७ चैत्र २०७७

७ चैत्र, काठमाडौं ।
राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ ।

प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ ।

Advertisement
Advertisement

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ ।

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेको उनले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ ।

मुलुकमा १२ राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् । प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्ती गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।

सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो ।

सो अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जमा सिह शार्दूल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जमा नयाँ रणभिम गुल्म, कोशी टप्पु आरक्षमा दुर्गादल गुल्म, ढोरपाटन शिकार आरक्षमा शत्रुमर्दन गुल्म, सगरमाथा राष्ट्रिय निकुञ्जमा रणशुर गुल्म र रारा राष्ट्रिय निकुञ्जमा श्रीबक्स गुल्म वनस्पती संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा क्रियाशील छ ।

मध्यवर्ती क्षेत्रमा हुने जङ्गली जनावरको आक्रमण, गरिबी र वन्यजन्तु चोरी शिकार र ओसारपसारमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहका कारण प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा भने अझै चुनौती कायम रहेको बताइएको छ । पछिल्ला वर्षमा दुर्लभ जङ्गली जनावरको शिकारका घटनामा रोकथाममा उल्लेख्य सुधार आएको छ ।

प्रकृति संरक्षणमा उल्लेख्य योगदान पुर्याएबापत सेनाका कयौँ सकल दर्जा प्रकृति संरक्षण पदकबाट विभूषित पनि भइसकेका छन् । विश्व वन्यजन्तु कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समेत सेनाको प्रकृतिक संरक्षण कार्यमा सहयोग पु¥याउँदै आएको छ ।

प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणको महत्व उजागर गर्न सेनाले विसं २०७२ मा प्रकृति संरक्षण शिक्षालयसमेत स्थापना गरेको छ ।

विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय निकुञ्ज तथा आरक्षको आ–आफ्नै विशेषता र महत्व छ । नेपालका राष्ट्रिय निकुञ्ज एवं आरक्ष वन्यजन्तुका लागि मात्र होइन वनस्पति, चराचुरुङ्गी, पर्यटन पदमार्ग, हिमाल र तालतलैयाका लागिसमेत विश्व विख्यात छन् ।

एक सिङ्घे गैँडा, पाटेबाघ, हात्ती, चितुवा, अर्ना, बाह्रसिङ्गा, कस्तुरी, न्याउर, डाँफे–मुनाल, काँडेभ्याकुर, गोही, लाँलीगुरास, रारा र शे–फोक्सुण्डो ताल हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षका अमूल्य निधि हुन् ।

फागुनमा २४ हजार ८६१ पटक गस्ती

वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि तैनाथ गण र गुल्मले फागुनमा मात्रै पनि २४ हजार ८६१ पटक गस्ती, चार हजार ७५९ पटक राति गस्ती, चार हजार ४९० एम्बुसअर्थात् चोरी शिकारीलाई गौडा छेक्ने काम गरेको थियो ।

सेनाले चोरी शिकारी नियन्त्रणका लागि २०४ पटक चेकप्वाइन्ट खडा गरेको र १६३ घेरा हालेर कारवाही चलाएको जानकारी दिइएको छ । उक्त कार्यलाई थप प्रभावकारी तुल्याउन सेनाले महाहन्ट अभियानसमेत बेला बखत चलाउँदै आएको छ ।

नियमित तथा अनवरत सञ्चालित सैनिक कारवाही र संरक्षण सहयोगमा दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । प्रकृतिक संरक्षणमा नेपालले अहिले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खनाल भन्छन्, जल, जङ्गल र जमिनसहित भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण नेपाल आफैँमा सुन्दर छ ।

सरकारी प्रयास, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय साथ र सहयोग नै प्रकृति संरक्षणमा हामीले हासिल गरेको प्रमुख उपलब्धि हो । नेपालको सामाजिक बनोट, सस्कृति र परम्पराले पनि वन्यजन्तु र प्रकृति सरक्षणका लागि प्रेरित गरिरहेको बताउँदै उनले भने, “हाम्रा सम्पत्ति भनेकै प्राकृतिक स्रोतसाधन हुन् ।

यसको संरक्षण गर्न बलियो नीति, नियम र राज्यको उच्च चासो छ र वन्यजन्तु चोरी शिकार नियन्त्रण र प्रकृति संरक्षणमा ठूलो सफलता हासिल गर्न सम्भव भएको हो ।

सफा हिमाल र प्लाष्टिकमुक्त अभियान

वातावरणमा सन्तुलन कायम गर्ने तथा प्रकृति सम्पदाको संरक्षण गर्ने सिलसिलामा सेनाका सबै ब्यारेकलाई प्लाष्टिकमुक्त बनाउने घोषणाले मूर्तरुप लिएको छ ।

दुई वर्षअघि जङगी अड्डाबाट शुरु भएको उक्त अभियान हाल सबै युनिटमा सफल कार्यान्वयन भएको जानकारी दिइएको छ । जलवायु परिवर्तनबाट प्रकृति र मानवलाई पर्ने जाने असरलाई ध्यानमा राखेर सेनाले प्रकृति संरक्षण गर्ने क्रममा सेनाले सफा हिमाल अभियान नै सञ्चालन गरेको छ ।

उक्त अभियानअन्तर्गत सेनाले सगरमाथा क्षेत्रबाट एक बर्षअघि ११ हजार किलो नसड्ने र पुन प्रयोग गर्न मिल्ने १० हजार किलो फोहर सङ्कलन गरी काठमाडौँ ल्याएको थियो ।

सो क्रममा चारवटा शव सगरमाथा आधार क्षेत्रबाट सङ्कलन गरिएको थियो । बहुआयामिक भूमिकामा रहेको सेनाले सरकारले अघि सारेको एक नेपाली एक बिरुवा अभियानलाई नतिजामुखी तुल्याउन सहयोग पु¥याउँदै आएको छ । सेनाले उक्त कार्यक्रमसँग जोडेर एक सिपाही एक फलफूल अभियान नै चलाएको छ ।

राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमअन्तर्गत १० लाख बिरुवासमेत सेनाले रोपी सकेको छ । राष्ट्रिय सुरक्षा नीतिअनुसार, वन–जङ्गल, प्राकृतिक स्रोत, वातावरण, पर्यावरण, जैविक विविधता संरक्षण, सम्वद्र्धन, विस्तार र सुरक्षा गरी जलवायु परिवर्तनबाट उत्पन्न असरलाई न्यूनीकरणमा समेत सेनाको भूमिका अग्रणी छ ।

पछिल्ला वर्षमा सेनाले बिरुवा उत्पादन, वृक्षोपण, दक्ष जनशक्ति विकास र रोपिएका बिरुवाको अभिलेखीकरणसमेत गर्दै आएको छ । यसैसँग जोडेर सेनाले अघि बढाएको गो–ग्रीन कार्यक्रम पछिल्लो समय निकै लोकप्रिय बनिरहेको छ ।

Advertisement

प्रकृति संरक्षण, दुर्लभ वन्यजन्तुको सुरक्षा र वातावरण सन्तुलन गर्ने कार्यमा सेनाको परिणाममुखी सहभागिताले स्वच्छ, सफा र समृद्ध हरित नेपाल निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ ।(रासस)

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top