फुटबलर एरिक विष्ट भन्छन्– उच्च मनोबलले कोरोना जितेँ

१७ भदौ, काठमाडौँ ।
नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परिक्षण पछि अहिले एरिक विष्ट कोरोना मुक्त भएका छन् ।

सरकारले निषेधाज्ञा जारी गर्नु अगाडी नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडी गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उनले बताए ।

१९ दिन पछि अहिले उनी कोरोना मुक्त भएका छन् । घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । बुधबार टेकु अस्पतालले कोरोना पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उनले बताए । बीचको अवधिमा सबै तिर कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आपूm खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ ।

विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन । मानिसमा पोजेटिभ देखिने वित्तिकै डराउनु नपर्ने उनको भनाई छ । यस अघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिम देखिएको थियो । हाल उनी अहिले मुक्त भइसकेका छन ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top