बथानमा कुद्ने, चर्ने र कोशीमा खेल्ने अर्ना चितवनमा फस्टाएनन्

२५ जेठ ७७, सोमबार

२६ जेष्ठ, चितवन ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै ।

चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएका थिए । त्यतिबेला तीन भाले र १२ पोथी ल्याइएका हुन् । त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केहीलाई बगाएको थियो भने बचेका अर्ना बिरामी परेका थिए ।

त्यसै वर्ष १५ मध्ये ६ वटा मरेका थिए । चिडियाखानाका सबै र कोशी टप्पुबाट ल्याइएका तीनवटा मरेका थिए । चारवटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन् । तीमध्ये सातवटा माउ पोथी र दुईवटा भाले माउ रहेका छन् । पछि जन्मिएका बच्चामध्ये तीनवटा भाले र एउटा पोथी छ ।

Advertisement

चार वर्ष बितिसक्दा सातवटा पोथीबाट चारवटा बच्चामात्र जन्मिएका छन् । तत्कालीन समयमा पाँच भालेसहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकिएको छैन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वस्थ रहेका छन् ।

खुल्ला नछाडिएकाले पनि मोटा हुन नसकेको हुनसक्ने उनको भनाई छ । भर्खरका उमेरका भएको र वातावरण फरक पर्नु अर्को कारण हुनसक्ने श्रेष्ठ बताउँछन् । नियमित दाना दिइएको, औषधोपचार भइरहेको भन्दै उनले राखिएको क्षेत्रफल बढेपछि केही फरक आउन सक्ने बताए ।

उनले ती अर्ना कोशी टप्पुका जस्ता नभएर घरमा पालेका भैँसीजस्ता देखिएको जानकारी दिए । अहिले पनि केही अर्ना ब्याउने भएकाले बिस्तारै सङ्ख्या बढ्दै जाने उनको भनाई छ । निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुला ठाउँमा बथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताए ।

उनले भने, ‘तर पनि त्यस्तो दुब्ला छैनन् ।’ बसिरहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उनको भनाई छ । ती अर्नामा बाढीका कारण रोग देखिएपछि बचाउनै कठिन भएको थियो । थप अर्ना ल्याउन भने नसकिएको उनको भनाई छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भइरहेको खोरलाई करिब १५ हेक्टर थप गरी पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ । यसअघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारबार गरी व्यवस्थापन गरिएको छ । घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ ।

यी जनावरलाई पानीमा खेल्नुपर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उनले पानी र घाँसको प्रशस्त व्यवस्था गर्ने तयारीमा आफूहरु लागेको बताए । खुला परिवेशमा खेलेको, खाएकोजस्तो थुनेको ठाउँमा सम्भव नहुने उनको भनाई छ ।

कम्तिमा ५० वटा बनाएर बथानमा छोड्न सकेमा बच्न सक्ने उनले बताए । कोशी टप्पुमा बाघ नभएको तर यहाँ बाघ भएकाले बच्नका लागि राम्रो बथान जरुरी रहेको रुपाखेती बताउँछन् । अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्वयुक्त नभएको भन्दै राम्रो बनाउन आफूहरु लागि परेको बताए ।(रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top