बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

८ जेठ ७८, आइतबार

९ जेठ, काठमाडौं ।

बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो ।

उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।

हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेलायतबाट २० लाख डोज खोप आउने पक्का भएको बताए । ‘विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने पक्का भएको छ ।

सम्भवतः १÷२ दिनमा नै हामीले यसको लिखित अर्थात् आधिकारिक जानकारी पाउनेछौं,’ उनले भने, ‘आधिकारिक पत्र आएपछि खोप ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।’

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top