ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

२४ असार, ब्रासिलिया ।
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।

६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’

राष्ट्रपति बोलसोनारोले यसअघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका छन् । उनले कोरोना भाइरसको संक्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिएका थिए ।

उनले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि पटक–पटक मजाकमा उडाएका छन् । कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । ब्राजिलमा मंगलबार बेलुकासम्म १६ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ब्राजिलमा १० लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।

आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्था एकदम ठीक भएको बताए । मास्क फुकालेर पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो अनुहारमा हेर्नुहोस् । म एकदमै ठीक छु । भगवानलाई धन्यवाद । मेरो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद । मेरो आलोचना गर्नेलाई पनि धन्यवाद, मलाई केही आपत्ति छैन । तपाईंले चाहेजति आलोचना गर्नुहोस् ।’

उनीसँगै ब्राजिलको मन्त्रिपरिषद्का केही सदस्य र उच्च अधिकारी पनि सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top