महिला टी–२० विश्वकप छनौटः थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

एजेन्सी, फागुन ९
आईसीसी टी–२० र एकदिवसीय विश्वकपअन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो ।

उसका लागि ओपनर नाइमुइ चेइवइ ३२, बोचाथम १२ रन, चनीदा सुथिरुंगाले ३५ रन बनाइन् । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन् । अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन् । उनी बाहेक बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर दुई–दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन् ।

जवाफमा नेपाल २० ओभरमा आठ विकेट गुमाउँदा ६७ रनमा रोकियो । दुई रन हुँदा दुई विकेट गुमाएको नेपालले आठ रन जोड्दा तेस्रो विकेट गुमायो । ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक–एक रनमा आउट भइन् भने कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन् ।

त्यसपछि चौथो विकेटका लागि इन्दु बर्मा र सरिता राना मगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो । त्यसपछि नेपालका कुनै पनि खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् । यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top