×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु, घाईते दुईको हेलिकप्टरद्वारा उद्दार

८ कार्तिक २०७७

८ कात्तिक, जाजरकोट

जाजरकाेटमा घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिका-३ चुवाकि ३० वर्षीया सितला जैसी र सोही गाउँकी १६ वर्षिया आरती दाहाल रहेकी छन् ।

Advertisement
Advertisement

घटनामा परि सोही गाउँकी २४ वर्षिया सरिता जैसी र छेडागाड- ४ की ५१ वर्षिया धनसरा चदारा घाईते भएका छन् । हाल दुई जना घाइते महिलाहरुलाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको पहलमा नेपाली सेनाकोे हेलिकप्टरमार्फत सुर्खेत पठाईएको जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएका्े छ ।

Advertisement

दशैँको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु आफ्नो टोल भन्दा झन्डै ४ किलोमिटर टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top