मोरङको कार्टून उद्योगमा भीषण आगलागी (फोटो फिचरसहित)

विराटनगर,जेठ ३१
मोरङको बुढीगंगा गांउपालिका–३ स्थित कार्टून उत्पादनगर्ने अरिहन्त अटो कोरोगेशन उद्योगमा आगलागी भएको छ ।

गएराति भएको आगलागी घन्टौंको प्रयासपछि बिहानबाट नियन्त्रणमा आएको छ । मोरङको बांसबारीचोकबाट उत्तर पश्चिमतर्फ रहेको सो उद्योगमा भएको आगलागीबाट उद्योगभित्रका मेशिन,तयारी कार्टून र कच्चा पदार्थकारुपमा प्रयोग गरिने कागज तथा कुटहरु जलेर नष्ट भएको छ ।

गएराति लगभग १० बजे लागेको आगो रातभरिको प्रयासपछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा लिन मोरङ,सुनसरी र झापाका विभिन्न नगरपालिका बारुणयन्त्र प्रयोग गरिएका छन । हंसराज जैन र पारस लुनिया तथा गिरिश लुनियाको स्वामित्वमा रहेको सो उद्योगको ब्वाईलरको गोदामबाट सल्किएको आगो अन्य गोदामहरुमा फैलिएको आशंका गरिएको छ ।

आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरी समेतगरि चारसय बढी सुरक्षाकर्मी र अग्नि नियन्त्रक खटिएका थिए ।

थप क्षति हुन नदिन ब्यापक सर्तकर्ताका साथ आगो नियन्त्रणमा लिइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

आगलागीबाट सो उद्योगको ६ वटा गोदाम प्रभावित भएको छ । उक्त उद्योगले चाउचाउ,बियर र जुससहितका विभिन्न उद्योगकालागि प्याकेजिङमा आवश्यकपर्ने कार्टुन उत्पादन गर्दै आएको छ । गएराति उद्योग सञ्चालनमै रहेको अवस्थामा आगलागी भएको थियो ।

विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने जानकारी दिदै उद्योगका निर्देशक पंकज लुनियाले क्षतिको विवरण आउन बांकी रहेको बताए । आगलागीबाट उद्योगको वाइन्डीङ मेशिन सहित पन्चिङ,पार्टिसन र कटर लगायतका मेशिनमा क्षति पुगेको निर्देशक लुनियाले बताए। उद्योगमा रहेका कामदारहरुले क्षति न्युनिकरणगर्न गोदाम भित्रका तयारी मालसामान सुरक्षित स्थानमा ओसारेका छन ।

आगलागी भएकै उद्योग परिसरमा महालक्ष्मी वायर एण्ड केबल ईण्डस्ट्रीज रहेपनि सो उद्योगमा भने क्षति भएको छैन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top