रसुवागढी नाका खुलाउन गृहकार्य सुरु, नाका खोल्न चीनको सहमति

३ असार ७७, बिहीबार

४ असार, रसुवा ।
रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु भएको छ ।

कोरोना भाइरसका कारण गएको माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो ।

तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको हो । चीनले हिजो नाका खोल्न सहमति दिएकाले केही दिनमा नै नाका सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

नाका सञ्चालन नआउँदा तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन् ।

नाका बन्द भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले चार पटक सामग्री आयात गर्ने बाहेक नाकामा अन्य गतिविधि ठप्प छ । लामो समयदेखि नाका सञ्चालनमा आउन नसक्दा केरुङमा रहेका सामग्री बिग्रने अवस्थामा पुगेका व्यवसायीले बताएका छन् ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको छ । त्यस्तै बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top