रुपमतीको हत्यारालाई पक्राउ गर्न माग गर्दै विराटनगरमा प्रदर्शन

0SHARES

१९ माघ २०७५ नेपाल टाईम्स

विराटनगर, माघ १९
बलात्कार पछि हत्याको आशंका गरिएकी विराटनगर महानगरपालिका ८ की ११ बर्षिय बालिका रुपमती दासको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रहरीले हत्याका आरोपी सार्वजनिक नगरेको भन्दै स्थानीयबासीले शनिबार विराटनगरमा प्रदर्शन गरेका हुन् । विराटनगर ८ अशोक चोकबाट सुरु भएको प्रदर्शनले विराटनगर परिक्रमा गरेको थियो ।

प्रदर्शनमा सहभागीहरुले प्रहरी प्रशासन कमजोर हो कि अपराधी मजबुद ?,न्यायको लागि आवाज, रुपमती भगवानको काखमा सरकार बलात्कारीको साथमा,लगायत लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

गत शनिवार घरबाट हराएकी बलिकाको शव आइतबार बिहान सिंघिया खोला किनारमा नग्न अवस्थामा भेटिएको थियो ।उनीहरुले स्थानीयले हत्यारालाई फासीको माग गरेका छन् । प्रहरीले हत्यारालाई पक्राउ नगर्दा शंका उत्पन्न भएका उनीहरुको भनाई छ ।

यता बालिका रुपमती दासको शव भेटिएको एकसाता पछि प्रहरीले कपडा फेला पारेको छ । प्रहरीले बालिकाले लगाएको स्वीटर, टाउजर र टोपी फेला पारेको हो । हत्या आरोपमा प्रहरीले अनुसन्धानकालागि ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

विज्ञापन बक्स