रोनाल्डोले जिते कोरोना

१५ कात्तिक, एजेन्सी ।

पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

उनलाई अक्टोबर दोस्रो साता कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले युभेन्टस र बार्सिलोनाबीच खेलमा सहभागी हुन टुरिन फर्कने निर्णय गरेका थिए ‌।

तर बार्सिलोनाविरुद्ध खेलको अघिल्लो दिनसम्म पनि नतिजा नेगेटिभ नआउँदा रोनाल्डोले खेल्न पाएका थिएनन् । उनको अनुपस्थितिमा युभेन्टसले २-० को हार बेहोरेको थियो । यस्तै लिगमा पनि रोनाल्डोबिना युभेन्टसले अपेक्षित प्रदर्शन गर्न सकेन ।

रोनाल्डोले संक्रमण हुनुअघि लिगको २ खेलमा ३ गोल गरिसकेका छन् । अब उनले आइतबार स्पेजियाविरुद्ध खेलमा सहभागी हुने सम्भावना छ । बार्सिलोनाविरुद्ध भने अब डिसेम्बरको पहिलो साता क्याम्प नोउमा हुने खेलमा मेस्सी र रोनाल्डो भिड्नेछन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top