वनमा लागेको डढेलो नियन्त्रण गर्न अब ‘नासा’को तस्वीर

२० चैत ७५, बिहीबार

काठमाडौं,चैत २०

सरकारले वर्षेनी वन डढेलोबाट हुने क्षति रोक्न सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना कार्य अघि बढाएको छ । सो कक्षमा अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाउने सङ्केतका आधारमा सम्बन्धित स्थानीय वन अधिकारीलाई डढेलोको सूचना स्वचालित रुपमा दिने प्रणालीको विकास गर्न लागिएको छ ।

वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा वन तथा भू–संरक्षण विभागमा स्थापना गर्न लागेको कक्ष एक सातामा सञ्चालनमा ल्याइने कक्षका सम्पर्क व्यक्ति सुन्दर शर्माले जानकारी दिए ।

Advertisement

नासाको स्याटलाइटले गुगलअर्थमा निरन्तर पठाउने डढेलोसम्बन्धी तस्वीर ‘अग्नि नियन्त्रण कक्ष’मा रहेको ठूलो आकारको डिस्प्ले मोनिटरमा देखिने बित्तिकै सम्बन्धित वन अधिकारीलाई डढेलोको सूचना प्रवाह हुनेछ । जुन तस्वीर ९५ प्रतिशतभन्दा बढी विश्वासनीय हुन्छ ।

नेपालमा पहिलो पटक स्थापना हुन लागेको यो मोडेल दक्षिण एशियामा नै पहिलो भएको विभागको दाबी छ । कक्षमा आवश्यक प्रविधि जडानको कार्य अन्तिम चरणमा पुगेको छ भने हाल पाँच जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।

Advertisement

‘मोनिटरमा तत्काल कहाँ कहाँ आगो लागेको छ भनी देख्न सकिन्छ र आगो लागेको देखिने रातो सङ्केतका आधारमा सरोकारवाला अधिकारीलाई एसएमएसमार्फत सूचना जान्छ’ डढेलो विज्ञसमेत रहेका शर्माले भने । यो प्रणाली सञ्चालन गर्न विभागले सबै डिभिजन र सब डिभिजन वन कार्यालयका अधिकारी र अन्य सरोकारवाला व्यक्तिको नम्बर तथा विस्तृत जानकारी लिइसकेको छ ।

मोनिटरमा देखिने आगोका सङ्केतमा क्लिक गर्दा कुन जिल्ला, कुन स्थानीय तह, कुन वडा र कुन टोल वा बस्ती नजिक तथा कुन जङ्गलमा आगो लागेको हो भन्ने जानकारी देखिन्छ । सोही सूचनाका आधारमा ती इमेल र मोबाइल नम्बरबाट सूचना स्वतः प्रवाह हुन्छ ।

उनले भने, ‘यो प्रणालीअन्तर्गत नासाको स्याटालाइटले जमीनमा कम्तीमा १०० मिटर ग्रिडसम्मको आगोको बारेमा मात्र सङ्केत दिने गर्छ । सानातिना आगो वा घरका छानाले ढाकेका आगो नदेखिन सक्छ ।’

वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो

सूचना पाएपछि सम्बन्धित वन अधिकारीले स्रोत साधनले भ्याएसम्म आगो निभाउने र बस्ती वरपरका आगलागीका बारेमा सर्वसाधारणलाई सूचित गर्ने मन्त्रालयका प्रवक्ता डा.सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए । हरेक जिल्लामा आगो निभाउन सुविधा सम्पन्न प्रविधिसहित समूह बनाउने मन्त्रालयको तयारी छ । यद्यपि डढेलो नियन्त्रणका लागि प्रतिकार्य गर्न स्थानीय वन कार्यालयसँग हाल पर्याप्त क्षमता भने छैन ।

नेपालमा वैशाख दोस्रो साता सबैभन्दा बढी डढेलो लाग्ने समय हो । साथै ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । नेपालमा ६४ प्रतिशत वन डढेलो व्यक्तिले जानी–जानी लगाउने, ३२ प्रतिशत लापरवाही तथा दुर्घटनाबाट वनमा आगलागी हुने र चार प्रतिशत अन्य स्रोतबाट आगलागी हुने गरेको छ ।

पशुपालनका नयाँ पालुवा आउने उद्देश्यले सुकेका पातमा आगो लगाउने गरिन्छ । तसर्थ यो जनताको जीविकोपार्जनसँग सम्बन्धित भएकाले यसमा वैकल्पिक व्यवस्थाका बारेमा सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । वन डढेलोले आगलागीको घेरामा परेर मानिसको मृत्यु हुने, धनसम्पत्ति, बस्तुभाउ र जङ्गली जनावर नष्ट हुने, जैविक विविधताको विनाश, मानिसको स्वास्थ्य र वातावरणमा असर पर्ने गरेको छ ।

प्रवक्ता डा.ढुङ्गानाले डढेलो नियन्त्रणका लागि नियमित वार्षिक कार्यक्रमका रुपमा जिल्ला वन कार्यालयबाट तालीम, गोष्ठी, जनचेतना, प्रचार सामग्री प्रकाशन, सुरक्षा निकायसँग समन्वय, वन डढेलोजस्ता सञ्जाल गठनलगायत कार्यक्रम गर्दै आएको बताए ।

मन्त्रालयले स्थानीय कार्यालयमार्फत वन डढेलो नियन्त्रणका लागि पानी झोला, दमकल, जेनेरेटर, अन्य आवश्यक उपकरण परिचालन गरिरहेको उनको भनाइ थियो । प्रत्येक वर्ष चैत वैशाखको सुख्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

वनमा नियतवस, अन्जानमा र दुर्घटनावस मानव सिर्जित कारणबाट हुने डढेलो मौसमको तापक्रम, भू–वनोट र वनस्पतिमा आधारित रहेर फैलिन्छ । डढेलोले सबै वनक्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घस्रिने तथा छिटो दौडन नसक्ने जनावर बढी क्षति हुने गरेको छ । सन् २०१८ मा वन डढेलोबाट चार जनाको निधन भएको थियो भने एक घाइते भएको विभागको तथ्याङ्क छ ।

–भीष्मराज ओझा/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top