विराटनगर, साउन १६
प्रदेश नं. १ को अस्थिायी राजधानी रहेको विराटनगरलाई हरित नगरि बनाउने अभियानको सुरुवात गरिएको छ । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सभ्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रम आयोजना गरि हरिन नगरि बनाउने अभियानको सुरुवात गरेको हो ।
बुधवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर–१० शान्तिचोकबाट बृक्षरोपण गरेर अभियानको सुरुवात गरे । अब ढल सहित कालोपत्रे भएका सडक छेउमा वृक्षारोपण गरिने भएको छ । जसका लागि १ हजार ७ सय ५० विभिन्न प्रजातीका विरुवाहरु रोप्ने तयारीमा विराटनगर महानगर जुटेको छ ।
वृक्षारोपण कार्यक्रममा विराटनगर महानगरका मेयर पराजुलीले क्रमश विराटनगरलाई हरित नगरीकारुपमा विकास गरिदै लगिने बताए । उनले नगरलाई सफा स्वच्छ र सुन्दर बनाउनका लागी सरसफाई र वृक्षारोपण कार्यक्रमले निरन्तरता पाउने बताए । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,वडा नं १० का अध्यक्ष माधवराज वाग्ले ,महानगर वतावरण शाखा अधिकृत अनिता न्यौपाने लगायतको सहभागिता रहेको थियो ।